एक वर्षीय बालिकाको उपचारमा रोटर्याक्ट दमौलीको आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक वर्षीय बालिकाको उपचारमा रोटर्याक्ट दमौलीको आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८०, शनिबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-६ मनपाङ घर भई हाल व्यास-२ अमरापुरी बस्ने सरस्वती परियारको एक वर्षीया छोरीको उपचारका लागि रोटर्याक्ट क्लव अफ दमौलीले आर्थिक सहयोग गरेको छ ।

    क्लवले ती बालिकाको उपचारका लागि पॉच हजार सात सय ११ सहयोग गरेको हो । राष्ट्रिय बाल दिवसको अवसर पारेर क्लवले उपचारमा सहयोग पुगोस् भन्नलाई सहयोग गरेको क्लवका अध्यक्ष अनुज विमलीले जानकारी दिए ।

    निज बालिका ट्युमरबाट पीडित छन् । उनको पेटको बाहिरी भागमा डल्लो छ । साथै उनी अपागंता समेत रहेकी छन् ।