भ्रमको खेती गर्ने जमाना आयो, तर जनता सचेत हुनुहुन्छ : डा. स्वर्णिम वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    भ्रमको खेती गर्ने जमाना आयो, तर जनता सचेत हुनुहुन्छ : डा. स्वर्णिम वाग्ले

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८०, आईतवार

    दमौली । तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले भ्रमको खेती गर्ने प्रचलन बढेको बताएका छन् । गोरखामा आयोजित रास्वपाको कार्यक्रममा उनले जनता धेरै सचेत भइसकेकाले भ्रमको खेती नटिक्ने दावी गरे ।

    बोल्दै नबोलेको कुरालाई यस्तो भन्यो भनेर प्रचार गर्ने गरिएको उनको भनाइ थियो । उनले भने, ‘तपाईहरुकै सामुन्ने नबोलिएका कुरालाई यस्तो भन्यो भन्दा नपत्याइदिनुहोला, तपाईहरुले पत्याउनुभएको पनि छैन ।’

    नेपाली सेनाका बारेमा स्वर्णिम वाग्लेले यस्तो भन्यो रे भनेर गलत हल्ला फैलाइएको उनले बताए । देश बनाउनुपर्छ भनेर होमिएका व्यक्तिहरुले गैरजिम्मेवार अभिव्यक्ति नदिने उनको भनाइ थियो ।