घिरिङको पुट्टारमा तीज मेला सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङको पुट्टारमा तीज मेला सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८०, सोमबार

    दमाैली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा हरितालिका तीज पर्वको अवसरमा सोमबार तीज मेला सम्पन्न भएको छ ।

    स्थानीय थर्कबहादुर थापा र मणि सिग्देलको संयोजनमा तीज मेला आयोजना गरिएको हो ।

    तीज गीत प्रतियोगितामा ब्राम्हण महिला समाज प्रथम भएको छ । त्यस्तै मगर समाज द्वितीय, प्रगतिशिल कृषि समूह तृतीय र सुनार टोल विकास संस्था सान्त्वना भएको छ ।

    यसैगरी खुल्ला नृत्य प्रतियोगितामा २८ जना सहभागी भएकामा देविका दरै प्रथम, किरण विक द्वितीय, विष्णु कुमाल तृतीय र सङ्गिता सुनार र कृषा विक सान्त्वना भएका छन् ।

    तीज गीत प्रतियोगिताको प्रथम पुरस्कार नेपाली सेनाका भूपु सुबेदार श्रीभद्र भट्टराई, द्वितीय पुरस्कारको इन्द्र थापा, तृतीय पुरस्कारको ग्रिन भ्याली इन्स्च्यिुटले सौजन्य गरेका थिए ।

    नृत्य प्रतियाेगिताकाे प्रथम पुरस्कार हिमाल सुनचाँदी पसल रामपुर-१, द्वितीय पुरस्कार दिवाकर खनाल घिरिङ १ पुट्टार हाल मकाउ, तृतीय पुरस्कार हिरालाल सुनार पुट्टार र सान्त्वना पुरस्कार दिनेश खनाल र नारायण प्रसाद बास्ताेलाले साैजन्य गरेका थिए ।

    रिता खनालको सभापतित्व र गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको मणि सिग्देलले जानकारी दिए ।