रहिनन् क्यान्सर पीडित सुनिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रहिनन् क्यान्सर पीडित सुनिता

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८०, मंगलवार

    दमौली । क्यान्सरबाट पीडित तनहुँको भानु नगरपालिका-६ निवासी सुनिता पौडेलको निधन भएको छ । विगत केही समयदेखि क्यान्सरबाट पीडित रहेकी उनको मंगलबार निधन भएको हो ।

    क्यान्सरको चौथो स्टेजको उपचाररत उनको केही समय स्वास्थ्यमा सुधार भएको थियो ।

    पौडेलको उपचारका लागि भानुका युवा मनोजकुमार श्रेष्ठले आर्थिक सहयोग संकलन अभियान चलाएका थिए । कोशिश गर्दा गर्दै पनि पौडेललाई बचाउन नसकिएको उनले बताए । पौडेलको मंगलबार नै दाहसंस्कार गरिएको छ ।