दमाैली । लियो क्लव अफ तनहुँले सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेको छ । लियो जिल्ला परिषद् ३२५ एल नेपालले तनहुँलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरेको हो ।
क्लवलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । डिष्ट्रिक प्रेसिडेन्ट सपोर्ट अवार्ड आकाश खनाल र सागर घिमिरेलाई प्रदान गरिएको छ । बेष्ट प्रोगाम कोअर्डिनेटर अफ दि इयरको अवार्ड रोविन श्रेष्ठलाई प्रदान गरिएको छ ।
डेडिकेटेड बोर्ड मेम्बर अफ दि इयरको अवार्ड प्रवेश पोख्रेल, अनिलकुमार श्रेष्ठ र युवराज भण्डारीलाई प्रदान गरिएको छ ।
डाइनामिक क्लव सेक्रेटरी अफ दि इयरको अवार्ड सुस्मिता चौधरीलाई प्रदान गरिएको छ ।
डाइनामिक क्लव भाइस प्रेसिडेन्ट अफ दि इयरको अवार्ड बसन्ती थापालाई, बेष्ट ट्रेजरर अफ दि इयरको अवार्ड मुकेश बिडारीलाई, लियो फर नेशन अफ दि इयरको अवार्ड सुनिल मिश्रलाई प्रदान गरिएको छ ।