दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित न्यु भिजन युवा क्लवको आयोजनामा सम्पन्न एघारौ तीज गीत प्रतियोगितामा ऋषिङ आमा समूह प्रथम भएको छ ।
सोमबार सुरु भएर मंगलबार सम्पन्न प्रतियोगितामा १०५.५ अंक प्राप्त गरी ऋषिङ आमा समूह प्रथम भएको हो ।
प्रतियोगितामा १०२ अंक प्राप्त गरी भिमसेन टोल आमा समूह द्वितीय र १०१ अंक प्राप्त गरी न्यु भिजन प्रगतिशिल आमा समूह तृतीय भएको छ । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।
प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः रु २० हजार दुई सय २२, रु १३ हजार तीन सय ३३ र रु सात हजार सात सय ७७ नगद पुरस्कार प्राप्त गरेका छन् ।
विजयीलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरस्कार वितरण गरेका छन् । क्लवका अध्यक्ष राजिव श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयाेग गर्ने सबैप्रति आभार व्यक्त गरे ।