सभागृहकाे उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउने, तयारी सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सभागृहकाे उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउने, तयारी सुरु

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८०, बुधबार

    दमाैली । राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पाैडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।

    तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति तनहुँको दमौली आउने निश्चित भएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।

    उक्त दिन राष्ट्रपति पौडेलले सभागृहको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । साथै सभागृहको आडैमा निर्माण गरिएको बिपी पार्कमा बिपी कोइरालाको शालिकको राष्ट्रपति पौडेलले अनावरण गर्नेछन् ।

    असोज ६ गते हुने कार्यक्रमको तयारीबारे जानकारी लिन जिल्ला समन्वय समितिका प्रमुख वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मङ्गलबार निरीक्षण गरेका छन् ।

    असोज ६ गते कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।