राष्ट्रपति पौडेल तनहुँकाे मिर्लुङमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपति पौडेल तनहुँकाे मिर्लुङमा

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८०, शनिबार

    दमाैली । राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँकाे मिर्लुङ आइपुगेका छन् । पाैडेल भानु नगरपालिका-१३ मिर्लुङस्थित भयरथान मन्दिर दर्शनका लागि आइपुगेका हुन् ।

    पाैडेल NA-038 नम्बरकाे हेलिकप्टरबाट मिर्लुङ अवतरण गरेका हुन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङबासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् । साउन, औंसी र एकादशी तिथि बाहेक हरेक मङ्गलबार यहाँ पूजा हुँदै आएको छ ।

    पौडेलले शनिबार दिउँसो १ बजे सभागृहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।