दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीले दमौली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । डेङ्गुको सङ्क्रमण बढिरहेका बेला सो पार्टीले अस्पताललाई सिबिसीका लागि आवश्यक केमिकल सामग्री सहयोग गरेको छ ।
सो पार्टीका नेता विश्व बास्तोला, सूर्यमणि पौडेल लगायतले अस्पताल प्रमुख डा. परिवर्तन बराललाई बिहीबार सामग्री हस्तान्तरण गरेका छन् ।
यसअघि रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेको समन्वयमा अस्पताललाई डेङ्गु परीक्षण किट उपलब्ध गराइएको थियो । बिहीबार हस्तान्तरण गरिएका सामग्री पनि वाग्लेकै सहयोग हो ।
बिहीबार हस्तान्तरण गरिएको सिबिसी केमिकल लगायतका सामग्रीले सात सय जनाको परीक्षण गर्न सकिने अस्पताल प्रमुख बरालले जानकारी दिनुभयो ।