दाहालद्वारा दमाैली अस्पताललाई स्लाइन सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दाहालद्वारा दमाैली अस्पताललाई स्लाइन सहयाेग

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८०, शुक्रबार

    दमाैली । व्यास नगरपालिका-२ स्थित लाेकप्रिय मेडिकल हलका सञ्चालक राजु दाहालले दमाैली अस्पताललाई दुई सय थान स्लाइन सहयाेग गरेका छन् ।

    डेङ्गुका बिरामी बढेपछि उपचारमा सहयाेग हाेस् भन्नका लागि दाहालले अस्पताललाई स्लाइन सहयाेग गरेका हुन् । अहिले देखिएकाे प्रकाेप नियन्त्रणका लागि सबैकाे सहयाेग आवश्यक रहेकाे दाहालले बताए ।

    अस्पताल प्रमुख डा. परिवर्तन बरालले अस्पताललाई स्वास्थ्य सामग्री सहयाेग गरेकामा दाहाललाई धन्यवाद दिए ।