गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने चयन भएका छन् । प्रतिष्ठानको आज दमौलीमा सम्पन्न २९ औं साधारणसभा तथा दशौं अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

    प्रतिष्ठानको उपाध्यक्षमा सङ्गम सापकोटा, अन्जु दाहाल, सचिवमा अमरराज नहर्की, कोषाध्यक्षमा रमा वाग्ले र सदस्यहरुमा शुभ पिया, तेजप्रसाद लामिछाने, गणेश उपरकोटी, सुनिता श्रेष्ठ, विष्णु खड्का र बाबुराम सापकोटा चयन भएका छन् ।