सुन तस्करी प्रकरणमा उच्चस्तरीय जॉचबुझ आयोग गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय जॉचबुझ आयोग गठन

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८०, आईतवार

    काठमाडौ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो ।

    आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।