स्वास्थ्य कार्यक्रममा उत्कृष्ट दशभित्र परेनन् तनहुँका पालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वास्थ्य कार्यक्रममा उत्कृष्ट दशभित्र परेनन् तनहुँका पालिका

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८०, सोमबार

    दमौली । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा तनहुँका पालिका कमजोर देखिएका छन् । स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा तनहुँका पालिका दशभित्र पर्न सकेनन् ।

    विभिन्न सूचकलाई आधार मानेर मन्त्रालयले मूल्याङ्कन गरेको थियो।

    आर्थिक वर्ष २०७९/८० को मूल्याङ्कन अनुसार गोरखा नगरपालिका ७७.७ अंक प्राप्त गरी प्रथम भएको छ। बेनी नगरपालिका द्वितीय, मध्यनेपाल नगरपालिका तृतीय भएको छ ।