तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    तनहुँको अत्रौलीमा भारी वर्षा, सतर्क रहन आग्रह

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८०, बुधबार

    दमाैली । तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीमा भारी वर्षा भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाका कारण पछिल्लो २४ घण्टामा अत्रौलीमा अत्याधिक वर्षा भएको हो ।

    जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले यस ठाउँमा अत्याधिक वर्षा भएपछि सतर्क रहन आग्रह गरेको छ । वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आसपासका सर्वसाधारणलाई आग्रह गरिएको छ ।

    उक्त ठाउँमा पछिल्लो २४ घण्टाको अवधिमा १४७.८ मिलिलिटर वर्षा भएको छ । जुन खतराको तह मानिन्छ ।

    विभागले बुधबार तनहुँको बन्दीपुरस्थित मस्र्याङ्दी, दमौलीस्थित सेती नदीमा उल्लेख्य पानीको बहाव बढ्ने जनाएको छ ।