प्रतिव्यक्तिलाई १८ हजार ५ सयकाे नयाँ नाेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    प्रतिव्यक्तिलाई १८ हजार ५ सयकाे नयाँ नाेट

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अरुवर्ष जस्तै यस वर्ष पनि दशैंका लागि नयाँ नोट वितरणको लागि काम गरिरहेको छ । केन्दीय बैंकले नेपालभर भएका नोट कोषसँग हाल कति नयाँ नोट छ भनेर तथ्यांक लिइरहेको छ ।

    नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लिराम पोखे्रलले अहिले देशभर भएको ७० वटा नोट कोषसँग नयाँ नोटको माग कति हो भनेर तथ्यांक मागिएको बताए । उनले भने, ‘घटस्थापनाको अघिल्लो दिन वा भोलिपल्टबाट नयाँ नोट वितरण सुरु हुने छ । अहिलेसम्म यही दिनबाट नयाँ नोट वितरण गर्ने भनेर यकिन भइसकेको छैन । आसोज २७ वा २९ गतेदेखि नयाँ नोट वितरण हुने भनेर नेपाल राष्ट्र बैंकले सूचना निकाल्ने छ ।’

    यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुने छ । राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने बताएको छ । बैङ्क तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिने छ भने, राष्ट्र बैङ्क र प्रादेशिक कार्यलयहरुबाट समेत नयाँ नोट साट्न पाइने छ ।