दमौली । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान तनहुँको ऑबुखैरेनीमा उत्साहजनक रुपमा सञ्चालन भएको छ । पार्टीलाई जनतासँग जोड्न सुरु भएको तीन महिने अभियानले उत्साह थपेको छ ।
अभियान अन्तर्गत ऑबुखैरेनीका विभिन्न वडामा कार्यक्रम भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकार र माओवादीकै शुक्र चुमानले नेतृत्व गरेको स्थानीय सरकारको विकासको कामबाट प्रभावित भई जनता पार्टीप्रति आकर्षित भएको माओवादी नेता मनोज बॉस्तोलाले जानकारी दिए ।
‘पार्टीको नेतृत्वमा रहेको संघीय सरकार र स्थानीय सरकारको कामका बारेमा जनतालाई जानकारी गराइएको छ, विकासको कामबाट जनता प्रभावित भएको पायौ’ उनले भने । उनका अनुसार गाउँपालिकाका विभिन्न वडाबाट फरक पार्टीका जनता माओवादी प्रवेश गर्नेको लहर छ ।