दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आन्दोलित स्थानीय तहका कर्मचारीका उचित माग यथाशीघ्र सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आइतबार पत्र लेख्दै चुमानले कर्मचारी आन्दोलित हुँदा गाउँपालिकाको दैनिक कामकाजमा असर परेकाले उचित माग उपर यथाशीघ्र सम्बोधन गरी स्थानीय तहको सेवा प्रवाहलाई सहज र सरल रुपमा प्रभावकारी बनाउन पहलको व्यवस्था गर्न माग गरेका हुन् ।
एकीकृत निजामति सेवा ऐन जारी लगायतका २० बुँदे माग राखी काठमाडौमा केन्द्रीय आन्दोलन भइरहेको र सोही सन्दर्भमा गाउँपालिकाका कर्मचारीले समेत आफ्नो माग पूरा गर्न असोज १९ गतेदेखि गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा प्रवाह नगरी पेन डाउन गरेकाले सेवा प्रवाहमा असहज भएको चुमानले बताए ।