दुलेगाैडामा हुने रास्वपाकाे कार्यक्रम स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुलेगाैडामा हुने रास्वपाकाे कार्यक्रम स्थगित

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८०, आईतवार

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीले साेमबार तनहुँकाे दुलेगाैडामा आयाेजना गर्न लागेकाे क्षेत्रीय सभा स्थगित भएकाे छ । इजरायलमा भएकाे आतङ्ककारी हमलामा परी दश जना नेपाली विद्यार्थीले ज्यान गुमाएकाे दुखद घटनाका कारण उक्त कार्यक्रम स्थगित भएकाे हाे ।

    शाेककाे घडीमा साेमबार तय भएका पार्टीका सबै औपचारिक कार्यक्रम रद्ध गरिएकाे साे पार्टीका गण्डकी प्रदेश प्रवक्ता विकास भुर्तेलले जानकारी दिए ।

    उक्त कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे थियाे । स्थगित भएकाे उक्त कार्यक्रम अर्काे मितिमा तय गरिने साे पार्टीले जनाएकाे छ ।