दमौली । अध्ययनका लागि इजरायल पुगेका कास्कीको अन्नपूर्ण गाउँपालिका-२ का सुरज भण्डारीले दुई देशबीचको चपेटामा परेर ज्यान गुमाउन मन नभएको भन्दै उद्धारका लागि सरकारलाई अपिल गरेका छन् ।
सोमबार बिहान फेसबुकमार्फत् प्रधानमन्त्रीलाई पत्र लेख्दै भण्डारीले आफूहरु नेपाल फर्किन चाहेको उल्लेख गर्दै उद्धार गरिदिन आग्रह गरेका हुन् । भण्डारीले भनेका छन्, ‘हामीलाई हाम्रो देश आउने वातावरण बनाइदिनुस्, हामी देशमा रमाउनेछौ ।’