इजरायलमा ज्यान गुमाएका नेपालीको स्मृतिमा शुक्लागण्डकीमा दीप प्रज्ज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    इजरायलमा ज्यान गुमाएका नेपालीको स्मृतिमा शुक्लागण्डकीमा दीप प्रज्ज्वलन

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८०, सोमबार

    दमाैली । इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा साेमबार तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित बिपी चोकमा दीप प्रज्ज्वलन गरिएको छ ।

    लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लव अफ दुलेगौंडा खैरेनी सिटीको आयोजनामा बिपी चोकमा दीप प्रज्ज्वलन गरिएको हो ।

    दीप प्रज्वलनमा सहभागीहरूले इजरायल र गाजामा शान्तिको कामना गरेका थिए । यस्तै उनीहरूले युद्धलाई अन्त्य गर्न पनि माग राखेका छन् । इजरायलमा फसेका नेपालीहरूको सुरक्षाको माग र तत्काल उद्धार गरी उनीहरूलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने सहभागीको आग्रह थियो ।

    हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत दश विद्यार्थीको मृत्यु भएको थियो ।