सुन सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय बन्दीपुरमा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुन सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय बन्दीपुरमा पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८०, मंगलवार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–३ शेरामा सुन सफा गरिदिन्छु भनेर ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिलगुडी बस्ने ३८ वर्षीय आनन्द सोनी र ३७ वर्षीय अरुण सोनी रहेको प्रहरीले जनाएको छ ।

    शेराटार बस्ने प्रेमबहादुर अधिकारीले हातमा लगाएको सुनको औठी सफा गरिदिन्छौ भनेर ठगी गरेको अभियोगमा निजहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाउको छ । निज भारतीयहरुले अधिकारीको सुन सफा गरी जोख्दा ३० लाल कम भएको भेटिएको थियो । पीडित अधिकारीले टेलिफोनमार्फत् प्रहरीलाई खबर गरेपछि तत्कालै पुगेको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि दशीका सामान सहित इलाका प्रहरी कार्यालय भानु पठाइएको छ ।