दमौली । तरुण दल तनहुँले स्थापना गरेको तरुण पत्रकारिता पुरस्कार पत्रकार श्रीहरि पौडेललाई प्रदान गरिएको छ । तरुण दलको स्थापना दिवसको अवसरमा शुक्रबार व्यास नगरपालिका–५ पाटनमा आयोजित कार्यक्रममा पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपानेले पत्रकार पौडेललाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरे । पुरस्कृत पत्रकार पौडेल नेपाल पत्रकार महासङ्घ तनहुँका कार्यसमिति सदस्य हुन् भने नेपाल टेलिभिजनमा कार्यरत छन् ।
तरुण दलले पहिलो पटक तरुण पत्रकारिता पुरस्कार स्थापना गरी वितरण गरेको हो।