दमौली । ब्लड क्यान्सर पीडित ३७ वर्षीय खिमबहादुर थापाको उपचारार्थ बेलायतमा रहेका राजेन्द्र परियारले आर्थिक सहयोग गरेका छन् ।
व्यास नगरपालिका-३ शान्तिनगर घर भई हाल बेलायत रहेका सञ्चारकर्मी परियारले थापाको उपचारमा सघाउन पॉच हजार सहयोग गरेका हु्न् । सबैको सहयोगले थापाको जीवनरक्षा हुने भएकाले आफूले सहयोग गरेको परियारले बताए ।
सामाजिक काममा रुची राख्ने परियारले यसअगाडी पनि दुखमा परेकालाई सहयोग गर्दै आएका छन्।
ब्यास-१३ बेलबास थापा केही समयदेखि ब्लड क्यान्सरबाट पीडित छन् ।पारिवारिक आर्थिक समस्याका कारण उपचार गर्न समस्या भएकाले उनले सहयोगको अपिल गरिरहेका छन् ।
सम्बन्धित ब्यक्तिको सम्पर्क न :-
खिम बहादुर थापा:- 9806741333
Khem Bahadur thapa.
Green development bank L.t.D
A/C :- 01620300031461000001