अरिङ्गालले टोकेर भानुमा एकको मृत्यु, एक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अरिङ्गालले टोकेर भानुमा एकको मृत्यु, एक घाइते

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८०, सोमबार

    दमाैली । तनहुँको भानु नगरपालिका–७ रम्घाटारस्थित जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर आज बिहान एक जनाको मृत्यु भएको छ । अरिङ्गालले टोक्दा अर्का एक जना घाइते भएका हुन् ।

    मृत्यु हुनेमा भानु नगरपालिका–४ फलाखेत बस्ने ३२ वर्षीय ३२ वर्षीय राजकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए। अरिङ्गालले टोकेर २४ वर्षीय धनबहादुर तामाङ घाइते भएका छन् ।

    अरिङ्गालले टोकेर घाइते भएका दुवैलाई डुम्रेस्थित लक्ष्मी अस्पतालमा प्राथमिक उपचार पश्चात् चितवन मेडिकल कलेज पठाइएकामा राजकुमार तामाङको आज बिहान ४ः२० बजे मृत्यु भएको हो । घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको छ ।