


काठमाडाै । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले कलैया उपमहानगरपालिका-६ मा साेमबार रुपेश स्वर्णकारकाे हत्यामा संलग्नकाे खाेजी गरी कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।
बारामा साेमबार अज्ञात समूहकाे गाेली प्रहारबाट मृत्यु भएका स्वर्णकारप्रति श्रद्भाञ्जली अर्पण गर्दै सांसद श्रेष्ठले गोली चलाउने अज्ञात समूहको तत्काल खोजी गरी कानूनी दायरामा ल्याउन बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराइसकेको बताउँदै छिटोभन्दा छिटो हत्यारा पत्ता लाग्ने बताए ।
उनले भने, ‘दिनदहाडै अज्ञात समूहद्वारा प्रहार गरिएको गोली लागेर मृत्यु हुनुभएका बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको परिवारजनप्रति समवेदन प्रकट गर्दछु ।’