सांसद भण्डारीद्वारा उपलब्ध गराइएको स्टेचर हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसद भण्डारीद्वारा उपलब्ध गराइएको स्टेचर हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८०, बुधबार

    दमौली ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले म्याग्दे गाउँपालिका वडा नं १ बाख्रेका स्थानीय बासिन्दालाई स्टेचर उपलब्ध गराएका छन् ।

    सांसद भण्डारी मार्फत उपलब्ध गराईएको स्टेचर नेपाली कांग्रेसका जिल्ला सदस्य डम्बर अधिकारीले म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य थममाया विकलाई हस्तान्तरण गरेका थिए ।

    सांसद भण्डारी म्याग्देमा जाँदा स्थानीय वासिन्दाहरुले स्टेचर नहुँदा निकै समस्या भएको गुनासो व्यक्त गरेका थिए । स्थानीय बासिन्दाले गुनासो गरे लगत्तै सांसद भण्डारी स्टेचर उपलब्ध गराएका हुन् । स्टेचर उपलब्ध भएसगै बाख्रेका स्थानीय वासिन्दाहरुलाई सुविधा पुग्ने भएको छ ।