तनहुँकाे देउरालीमा बस दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँकाे देउरालीमा बस दुर्घटना

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०८०, शनिबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान बस दुर्घटना हुँदा यात्रुहरु घाइते भएका छन् ।

    डुम्रेबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १७५२ नम्बरको बस दुर्घटना हुँदा यात्रुहरु घाइते भएका हुन् । अनियन्त्रित भई सडकबाट बस पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे उनले बताए ।

    दुर्घटनामा घाइतेहरुलाई उद्धार गरी डुम्रेस्थित लक्ष्मी अस्पताल, दमौलीस्थित रत्नहरि अस्पताल र दमौली अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।