लायन्स नेपालको क्याबिनेट बैठक दमौलीमा हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स नेपालको क्याबिनेट बैठक दमौलीमा हुँदै

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८०, बिहीबार

    दमाैली। लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याविनेट बैठक दमौलीमा हुने भएको छ । आगामी मङ्सिर ८ र ९ गते दोस्रो क्याविनेट बैठक व्यासभूमि दमौलीमा हुन लागेको हो ।

    व्यास ऋषिको जन्मभूमि र पराशर ऋषिको तपोभूमिमा हुन लागेको दोस्रो क्याविनेट बैठकमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक एल नेपालमा आबद्ध करिब एक हजार दुई सय सदस्यको सहभागिता रहने लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेलले जानकारी दिए।

    दोस्रो क्याबिनेट बैठकका संयोजक समेत रहेका पौडेलका अनुसार लायन्सवादको ५२ वर्षको नेपालको इतिहासमा दोस्रो पटक दमौलीमा क्याविनेट बैठक हुन लागेको हो । लायन्सको नीति अनुसार कुनै पनि कार्यकाल एक वर्षको हुने र उक्त कार्यकालमा चार वटा क्याविनेट बैठक गरिने हुँदा वर्ष २०२३÷२४को दोस्रो क्याविनेट बैठक दमौलीमा गर्न लागिएको हो ।

    यस अघि लायन वर्ष २०१८÷१९ मा गण्डकी प्रदेशका वर्तमान सांसद अशोक कुमार श्रेष्ठ गभर्नर भएको समयमा पहिलो पटक दोस्रो क्याबिनेट बैठक दमौलीमा गरिएको थियो ।

    तनहुँमा रहेका लायन्स क्लव अफ तनहुँ, लायन्स क्लव अफ तनहुँ व्यास सिटी, लायन्स क्लव अफ तनहुँ भानुभक्त, लायन्स क्लव अफ तनहुँ सत्यवती, लायन्स क्लव अफ तनहुँ दमौली र लायन्स क्लव अफ डुम्रेको संयुक्त आयोजनामा हुन लागेका क्याबिनेट बैठकले तनहुँको धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसारमा समेत टेवा पुग्ने दोस्रो क्याविनेट बैठकका सहसंयोजक एवं लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका डिपार्टमेन्ट चिफ चुडामणि दाहलले जानकारी दिए।

    जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ अवसरबाट वञ्चितहरु विपन्न वर्गका समुदायलाई सहयोग गर्ने अन्तराष्ट्रिय संंंस्थाको रुपमा परिचित अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठक दमौलीमा हुन लाग्दा सम्पूर्ण लायन्सहरु अत्यन्त उत्साहित भएको अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका सिनियर एड्भाइजर सुशीला शर्माले बताइन्।

    शर्माका अनुसार दोस्रो क्याबिनेट बैठकको तयारी तीव्र पारिएको छ । जसका लागि विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको शर्माले बताइन्।

    लायन्स क्लवहरुले विभिन्न समय र विपद्को अवस्थामा समेत अग्रपङ्क्तिमा रहेर सेवाका कार्यहरु गर्दै आइरहेको छ । लायन्सले आदिकवि भानुभक्त क्याम्पसको शैक्षिक भवन र विज्ञान प्रयोगशाला तथा विसं २०७२ सालको भूकम्पले क्षति पुगेको व्यास नगरपालिका– १२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण लगायत सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

    यस वर्ष पनि लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालले तनहुँमा दुईवटा मुख्य परियोजना अघि सारेको बताएको छ । क्लवले तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित जिपी श्वासप्रश्वास स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलायसिस सेन्टर सञ्चालनका लागि अमेरिकी डलर रु एक लाखे र आँबुखैरेनी गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना गर्नका लागि प्रस्ताव गरेको छ ।