नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवाका लागि सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०८०, शनिबार

    काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएकाे छ ।

    बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फको पाँच एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

    बढुवा सिफारिस हुनेमा एसपी वसन्त रजौरे, रबिकुमार पौडेल, नबिनराज राई, बिरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।

    बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) टेकप्रसाद राईले जानकारी दिएका छन् ।