


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाएका छन् ।
जर्मनीका राष्ट्रपति Frank Walter Stenmeier, चेक गणतन्त्रका राष्ट्रपति Peter Pavel, अष्ट्रियाका राष्ट्रपति Alexander Van Der Bellen,निकारागुआका राष्ट्रपति Daniel Ortega Saavedra, कतारका अमिर Sheikh Tamim Bin Hamad Al- Thani र स्पेनका Pedro Sanchez ले बेग्लाबेग्लै समवेदना सन्देशको पठाएका हुन् ।
उनीहरुले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारको तर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनस्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गरेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाएका थिए ।