दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा याेजना शाखा प्रमुख निराेज श्रेष्ठले जन्मदिनमा गाउँपालिकाकाे शिक्षा सुधार अभियानमा सहयाेग गरेका छन् ।
उनले बुधबार पालिकाकाे शिक्षा सुधार अभियानका लागि रु १० हजार ६ सय ६६ सहयाेग गरेका हुन् । जन्मदिनमा फजुल खर्च गर्नुकाे साटाे शिक्षाका लागि सहयाेग गरेकाे उनले बताए ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षा सुधारका लागि शिक्षा काेषमा सहयाेग गरेकामा श्रेष्ठलाई धन्यवाद दिए ।