दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले हरिबोधनी एकादशी पर्वको अवसरमा मङ्सिर ७ गते बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले हरिबोधनी एकादशी पर्वको अवसरमा गाउँपालिका कार्यालय, वडा कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा) बाहेकका कार्यालयमा बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले विगत वर्ष झै यस वर्ष पनि एकादशीको अवसरमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। एकादशी पर्वको अवसरमा आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा मेला लाग्ने गरेको छ ।