दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर २ को सभापतिमा डा. शेषरमण न्यौपाने चयन भएका छन् ।
सो पार्टीले बौद्धिक व्यक्तित्व न्यौपानेलाई क्षेत्रीय सभापतिकाे जिम्मा दिएको हो । त्यस्तै उपसभापतिमा सम्झना सुवेदी, सचिवमा सुन्दर बस्याल, सदस्यहरुमा कृष्ण रिजाल र सीता अधिकारी चयन भएका छन् ।
रास्वपाले पछिल्लो समय जिल्लामा संगठन विस्तार कार्यलाई जोड दिएको छ ।