न्यायाधीश पोख्रेललाई तनहुँ बारको स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    न्यायाधीश पोख्रेललाई तनहुँ बारको स्वागत

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०८०, सोमबार

    दमौली । तनहुँ जिल्ला अदालत बार इकाइले तनहुँ जिल्ला अदालतमा हालै नया नियुक्ती लिइ आएका न्यायाधिस चन्द्रकुमार पोख्रेललाइ स्वागत गरेको छ । इकाईले सोमबार अदालतमा एक कार्यक्रमको आयोजना गरी न्यायाधीश पोख्रेललाई स्वागत गरेको हो ।

    जिल्ला अदालतका मुख्य न्यायाधीश दल बहादुर केसीको प्रमुख आतिथ्य तथा तनहुँ बारका अध्यक्ष डम्बरदेव हडखलेको अध्यक्षतामा भएको सो कार्यक्रममा न्यायाधीश कोमलप्रसाद आचार्य, वरिष्ठ अधिवक्ताद्वय कमलामोहन वाग्ले र परशुराम गिरी लगायत सम्पुर्ण कानुन व्यवसायीहरुले स्वागत गर्दै कार्यकालको सफल र सुखदको कामना गरेका थिए ।

    नवआगन्तुक न्यायाधीश पोखरेलले सबैको सहयोगको अपेक्षा राख्दै न्यानो स्वागतका लागि धन्यवाद व्यक्त गरे ।