दमौली । नेपाली कांग्रेस तनहुँले जिल्लाका सबै तहमा रिक्त रहेको पदमा पदपूर्ति गर्ने निर्णय गरेको छ। पार्टीको मंगलबार सम्पन्न बैठकले वडा तहदेखि माथिल्लो तहसम्म रिक्त रहेका पदमा पदपूर्ति गर्ने निर्णय गरेको हो ।
त्यसका लागि क्षेत्र नम्बर १ मा अधिवक्ता चन्द्रकान्त वाग्ले र क्षेत्र नम्बर २ मा केशवराज काफ्लेलाई निर्वाचन अधिकृत तोकिएको प्रवक्ता हरि वाग्लेले जानकारी दिए । कांग्रेसले सबै रिक्त रहेका पदमा पदपूर्ति गर्ने निर्णय गरेपनि समय अवधि भने तोकेको छैन ।
प्रवक्ता वाग्लेका अनुसार वडा, पालिका, प्रदेश, क्षेत्र, जिल्ला, महाधिवेशन र महासमितिमा पदपूर्तिको निर्णय गरेको हो ।
यसअघि महाधिवेशन प्रतिनिधिको मनोनयन भएपछि निर्वाचन संयोजकले राजिनामा दिएको भन्दै प्रकृया स्थगित गरिएको थियो ।