स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा तनहुँका लोहनी नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा तनहुँका लोहनी नियुक्त

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८०, बिहीबार

    काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्।  तनहुँका डा लोहनीलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो। 

    उनी अवकासप्राप्त चिकित्सक हुन्। यसअघि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुख भएर काम गरिसकेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिव भइसकेका डा लोहनी स्वास्थ्य बीमा कार्यक्रम राम्ररी बुझेका व्यक्ति मानिन्छन्। उनकै पहलमा विसं २०७२ चैत २५ मा कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो। 

    उनी त्यस समयमा बिमा बोर्डका कार्यकारी निर्देशक थिए। त्यसपछि उनकै अग्रसरतामा स्वास्थ्य बिमा ऐन मस्यौदा तयार भएको थियो। गत २४ माघमा डा सेनेन्द्रराज उप्रेतीले बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो।