विषय प्रवेश
वि.सं.२०८० साल मार्ग १० गतेका दिन बिहानै ७ बजेको समयमा ज्वाई इमानसिंह केसी र म साडुदाजु डम्बरबहादुर थापा तथा दिदीसासु सान्नानी थापाको घरमा हुने ८४ पूजाको निमन्त्रणा स्वीकार्दै भानु नगरपालिका वडा नं.४ वडहरेमा पुगियो । बडहरे पुग्नासाथ ८४ औ बसन्त पार गरेका दाइ डम्बर बहादुर थापा र दिदी सान्नानीको दर्शन गर्ने सुअवसर मिल्यो । एकछिनको बसाई पश्चात ज्वाइ इमानसिंह केसी., मामा इन्द्रबहादुर थापाको कान्छो छोरा एकबहादुर थापा र म स्वयं भाइ कृष्णको घर र स्व दाजु परशुराम थापाको घर पुगेर भाउजु सङ्ग भलाकुसरी गरियो ।
दिनभर ८४ पूजामा सहभागिता जनाउँदै समापन संगै ज्वाई इमानसिंह के.सी श्रीमती इश्वरी बस्नेतको भदा ज्ञानेन्द्र पाण्डे संगै काठमाण्डौको यात्रा तय गर्नु भयो भने म चार्ही वंशीयार भाइ काजीराम बस्न्यातको आतिथ्यता स्वीकार्र्दै वेसीसहर नगरपालिका वडा नं. २ भकुण्डे लमजुङको यात्रा सुरु गरें । साँझ परे पछ मात्र भकुण्डे पुगियो । भकुण्डे निवासी अन्य श्रीपाली बस्न्यात दाजुभाइ सङ्ग भलाकुसरी गर्ने सुअवसर पनि मिल्यो । दाजुभाइ सङ्गको भलाकुशरी पश्चात निन्दा्रदेवीको काखमा आफ्नो शरिरलाई विसाइयो ।
भकुण्डेका तालफाँट र वाराही मन्दिर
बिहानको नित्यकर्म पश्चात हामी नजिकैको भकुण्डे ताल अवलोकनको लागि पुग्यौं । भकुण्डे ताल भकुण्डो जस्तै चिटिक्क परेको रहेछ । तालको माझमा तालवाराही माताको मन्दिर पनि रहेछ । यहाँकासर्वप्रथम भुकण्डे स्थित तालवाराहीमाईको दर्शन गर्न पनि सुअवसर मिल्यो । माता ताल वाराहीको दर्शन पाएर आफुलाई भाग्यमानी हुन पाएको महसुस भयो । नरुवालवासीहरु तालवाराही माताको भाक्कल गर्ने र आफुले भाकल गरेको मनोङकाँक्षा पुरा हुनासाथ वाराहीदेवीको पूजाआजा गर्ने प्रचलन रहेछ । त्यहाँ पुग्दा फेवातालमा निर्माण गरिएको तालवाराही माताको झल्लक याद आयो । तालमा देखिएको बिहानी पखको सूर्योदयको छायाँले अझ मन्त्रमुग्ध बनायो । तालको दायाँबायाँ बनाइएका ढुङ्गाले निर्माण गरिएको पुरानो पर्खालाई नियाल्ने हो भने तालको क्षेत्रफल धन्यै सात रोपनी भन्दा बढी थियो भनेर अनुमान गर्न सकिन्छ ।
पहिला पहिला पानी नपर्दा यहाँका नरुवालवासीहरु यही तालमा आएर वाराहीदेवीको पूजाआरधना गरेर तलको मरस्याङदी नदीमा पुगेर महादेवलाई पुकार्दै जलधारा खेल्ने प्रचलन थियो । मस्र्याङदी नदीबाट जलधारा खेल्द खेल्दै यहाँ आइ पुगे पछि खुब पानी पर्दथ्यो भन्ने कुरा यहींका स्थानीयहरुबाट जानकारी पाइयो ।
भूस्खलनले भकुण्डे तालको जग्गामा ल्याएको ह्र्रास
यही तालको कारणले बारेमा जिज्ञासा राख्दा काजी बस्न्यातले २००५ साल सम्म करिव करिव ५⁄७ रोपनी क्ष्ेत्रफलसम्म फैलिएको ताल, सोही साल तालमाथिको डाँडोमा आएको भू—स्खलनले ५ भागको ३ भाग जति ताल पुरिन गएको बताए । भूस्खलबाट ताल पुरिन गए पछि नजिकका संधियारहरुले तालको पुरिएको भाग जति जग्गा संधियारहरुले जग्गा बिह्राएर आ—आफ्नो नाममा दर्ता गरेका हुन् भनिन्छ । सार्वजनिक रुपमा रहेको तालको जग्गा व्यक्तिको नाममा दर्ता भए पछि अदालतमा मुद्धा पर्न गयो । मुद्धा चल्दै गयो । मुद्धा जिल्ला अदालतबाट सर्बोच्च सम्म पुग्यो । आखिर हुने खानेको नाउँमा तालको जग्गा सदर भयो । आखिर न्यायालयले भकुण्डे ताल माथि मार खुवायो । प्राकृतिक तालको बेहाल भयो । सार्वजनिक सरोकारको जग्गा व्यक्तिको नाउँमा कुनै हालतमा दर्ता नहुनु पर्ने हो दर्ता भएर दूर्भाग्य भएको छ । ठाउँ ठाउँका स्थानीय निकायहरु अहिले कृत्रिम ताल बनाएर आफ्ना नागकिहरुलाई मनोञ्जन दिन प्रयत्नरत छन् । तर वेसीशहर नगरपालिकामा भएको तालको संरक्षण र संवर्धन हुन नसक्दा लाज मर्दो भएको छ । स्थानीय नगरपालिका मूकदर्शक भएर बसेको छ । देखेर पनि नदेखे झैं गरे पछि कस्को के लाग्छ र ? यसैले स्थानीय पालिका सङ्ग के नै अपेक्षा गर्ने हो र ?
रानीकुवा
वि.सं. २०३९ सालमा रानीकुवाको दर्शन मिलेको हो । लमजुङका रजा यशोब्रम्हा शाहको रानी वेसीफाँटमा घुम्न आउँदा एउटा सानो दह र दह नजिकै पानीको मूल देखिन । पानीको मूला देखेकोले पानी कस्ता रहेछ भनेर सो पानीरानीले चाखेकी थिइन रे । पानी मिठो भएकोले त्यही मूललाई व्यवस्थित रुपमा रानीले कुवा बनाइ दिएको हुनाले यसलाई रानीकुवा भन्ने गरिएको हो भन्ने जनविश्वास रहेको छ । वि.सं. २०३९ सालमा देखिएको रानी कुवा र अहिलेको रानीकुवा आकाश पातालको अन्तर देखियो । कुवाको अगाडि सानो दह थियो त्यो दह पनि सबै पुरिएछ । सिमसारयुक्त रानीदहमा त्यस भेगका चराचुरुङ्गी र गाइबस्तुहरु पानी पिउन आउँदथे । चराहरुको चिरविर आवाजले रानीकुवाको छुट्टै सान बनेको थियो । गर्मी महिनामा रानी दह माथिको चौतारमा बसेर रानीकुवाको पानी पिउँदा वयस्क शरिरमा जवानी छचल्केको महसुस हुन्थ्यो । रानी कुवा संगै सटेको रानीदहको पानीमा पौडेर बसीरहुँ जस्तो लाग्दथ्यो । आज रानीदहको दक्षिणभेग र उत्तरी भेगमा पनि व्यक्तिगत जग्गा भेटियो । छेउकुना च्याप्दै जाने र दहको जग्गामा शिवमन्दिर बनाएर रानीकुवाको वास्तविक सौन्दर्यता माथि एक जवान युवतीको शिरको केश खुजमुजिएर उस्को अनुहार शोभाहीन भए जस्तै लाग्यो ।
रानीकुवा माथि एउटा बरपिपलको चौतारो थियो । चौतारोका दक्षिण भेगमा इन्द्रा बरालको पिताको घर थियो । त्यो भन्दा पश्चिम पट्टी एउटा वर्षेखहरे र खहरेको आडैमा बाटो मुनी चितवनमा निवासी बराल थरकै अर्को ब्यक्तिको घर थियो । बाटोमा घर बनाइएको हुनाले उक्त घरले नेवारे हटियाको झझल्को दिने गर्दथ्यो । सोही घरको उत्तरतर्फ अर्थात रानीकुवाको सिधा बाटोमुनी भकुण्डे निवासी देउरुपा धितालको चिया पसल रहेको थियो । चित्राले बारेको भए पनि चिटिक्क परेको चिया पसल थियो त्यो । बटुवाहरु त्यही चिया पसलमा आएर चिया र खाजा खाने गर्दथे । हामी पनि साँझ विहान त्यहीं खाना खाने गर्दथ्यौं । कतिपय बटुवाहरु रानीकुवाको पानी र झोलामा राखेको सातुसामल खाएर बर पिपल चौतारीमा थकाइ मेट्दथे भने कतिपय बटुवा र गुरुङसे रिमैहरु त्यहीं राती बास बसेर लमजुङ्गे ठाडो भाकामा दोहोरी गीत गाएर मनोरञ्जन प्रदान गर्दथे । देउरुपा रुपकी रानी नभए पनि मनकी देवी थिइन । त्यसैले बटुवाहरु उनको पसलमा बास बस्न रुचाउँथे । त्यही भएर घनपोखराकी सुब्बिनी दिदी पनि बेला बेलामा त्यही आएर साता दिन सम्म बस्ने गर्दथिन् । उनी बेसीशहर भन्दा रानीकुवामा बस्न रुचाउँथिन् । उनको बसाइले रानीकुवामा सुनमा सुगन्ध थपिदिने गर्दथ्यो । उनको बसाइ बेसीशहर बजारमा नभएर रानीकुवा हुनुमा रानीकुवा सङ्ग रानीकुवाको बसाइमा गहिरो नाता सम्बन्ध थियो कि भनी सम्झनै कर लाग्दछ । हुन त अहिले माथिको चित्रमा देखिएझै तारवार अगाडिको जग्गा व्यक्तिको नाउँमा दर्ता भएको देखियो । पहिला त्यो जग्गा सार्वजनिकै लाग्दथ्यो । यदि उक्त जग्गा ब्यक्तिकै नाउँमा दर्ता भएको हो नै भने पनि स्थानीयपालिकाले उक्तजग्गा अधिग्रहण गरेर भए पनि रानीकुवामा थप सौन्दर्यता प्रदान गरेमा सुनमा सुगन्ध थपिने थियो भन्दा दुइमत नहोला । उक्त जग्गा अधिग्रहण गरिएन भने रानीकुवा घरको आँगन नभएर कर्सो जस्तो देखिने छ । छायाँ परेको रानीकुवा अ.ध्यारोमा डुबुल्की मारी रहेकी छे भन्दा कुनै परक पर्दैन ।
अन्त्यमा
भकुण्डेताल र रानीकुवा वेशीशहर प्रवेश मार्ग मै पर्दछन् । भकुण्डे र रानीकुवा र्धािर्मक , ऐतिहासिक पुरातात्विक र प्राकृतिक महत्वका स्थानहरु हन् । स्थानीयपालिका तथा जनसमुदायले यस्ता र्धािर्मक , ऐतिहासिक पुरातात्विक र प्राकृतिक महत्व बोकेका स्थानहरुको विकासको लागि अल्पकालीन र दीर्घकालिन योजना बनाएर अघि बढ्न र यस स्थानको परिचय गराउन नसकेकै कारण भकुण्डेको ताल र रानीकुवाहरु ओझेलमा परेका हुन । लमजुङका बेसीशहर होस या घलेगाउँ पुग्ने चाहने पर्यटकहरु हुन कुनै यात्रुहरुले यो ठाउँको अबलोकन गर्ने गरेको देखिंदैन । कमसेकमयातायात व्यवसायीहरुले पाच दश मिनेट यहाँ गाडीहरु रोकेर यात्रुहरुलाई पर्यटकीय पहिचान परिचय गराई आकर्षित गर्न प्रयत्न गरेमा यस्ले थप महत्व पाउनेमा विश्वस्त हुन सकिन्छ । पर्यटन प्रर्वद्धनका लागि स्थानीय पालिकाले पथप्रदशकहरुको व्यवस्थापन गरी दियो भने यस क्षेत्रको थप महत्व बढदै जानेमा दुइमत नहोला । अन्त्यमा पुरातात्विक महत्वका सम्पदाहरुलाई स्थानीय निकाय र निजी क्षेत्रले पनि संरक्षण र सम्वर्धनमा ध्यान दिन जरुरी छ । यिनै पुरातात्विक महत्व र सम्पदानै आजका गहना हुन । पर्यटकीय गतिविधि बढाउन सकियो भने लमजुङमा आतरिक तथा बाह्य पयटन अभिबृद्धि गर्न सकिन्छ । आज पर्यटन नै नेपालको आय आर्जनको प्रमुख श्रोतहरु बन्न पुगेको छ । अन्नपूर्ण बेसक्याम्प जानै पैदलमार्गमा पर्ने भकुण्डे तालवाराही र रानीकुवाको संरक्षण र सम्बर्धन गरौं हाम्रो पनि यहि सुभेच्छा छ ।