म्याग्देकाे गाउँसभाबाट चार ऐन पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देकाे गाउँसभाबाट चार ऐन पारित

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८०, सोमबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाको गाउँसभाबाट चार वटा ऐन पारित भएको छ । गाउँपालिकाको आज सम्पन्न पन्ध्रौ गाउँसभाबाट विभिन्न चार वटा ऐन पारित भएको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार गाउँपालिकाको नगर प्रहरी ऐन २०८०, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन २०८०, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन २०८० र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाई ऐन (पहिलो संशोधन) २०८० पारित भएको छ ।

    गाउँसभाबाट ऐन पारित भएसँगै नगर प्रहरी नियुक्तिका लागि बाटो खुलेको छ । गाउँपालिकामा हालसम्म नगर प्रहरी राखिएको थिएन ।

    गाउँसभामा संस्थाथत क्षमता विकास तथा सेवा प्रवाह समिति संयोजक चिनीमाया थापाले पालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०८० पेश गरेकी थिइन् । त्यसैगरि वातावरण समितिका संयोजक शिव वहादुर आलेले पालिकाको वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन गर्न बनेको विधेयक २०८० पेश गरेका थिए ।

    नगर प्रहरी व्यवस्थापन गर्न बनेको विधेयक २०८० संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समिति संयोजक चिनीमाया थापाले पेश गरेका थिए ।

    गाउँसभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक बालकृष्ण घिमिरे, सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक शिव बहादुर क्षेत्री, सुशासन समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले पेश गरेका थिए ।