दमौली । अनेरास्ववियु गण्डकी प्रदेशको अध्यक्षमा वर्तमान संयोजक आरके पोख्रेलले उम्मेदवारी दिने भएका छन् । शुक्रबारदेखि पोखरामा सुरु हुने अनेरास्ववियुको प्रथम अधिवेशनमा पोख्रेलले अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोख्रेल विद्यार्थीमाझ लोकप्रिय छन् । उनी विद्यार्थीको हकहितका लागि निरन्तर लागिपरेका छन् । सबैको साथ र समर्थन आफूलाई रहने पोख्रेलले विश्वास व्यक्त गरे । ‘प्रदेशका सबै जिल्लाबाट सबैको साथ पाएको छु,’ उनले भने ।