दमाैली । तनहुँको भानु नगरपालिका–६ निवासी जमिर हुसेनले स्वर्गीय बाबुआमाको नाममा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । उनले चन्द्रावती माध्यमिक विद्यालयमा बुबाआमाको नाममा नाज अक्षयकोष स्थापना गरेका हुन् ।
हुसेनले शुक्रबार विद्यालयको ६० औं वार्षिकोत्सवको अवसरमा रु ५१ हजारको चेक विद्यालयका अध्यक्षलाई हस्तान्तरण गरेका छन् ।
विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्धेश्यसहित उक्त रकम सहयोग गरेको हुसेनले बताए ।