डाङ्ग्रेखोल्सीको जग्गा संरक्षण गर्न स्थानीयको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डाङ्ग्रेखोल्सीको जग्गा संरक्षण गर्न स्थानीयको माग

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०८०, शुक्रबार

    दमाैली । व्यास नगरपालिका–२ स्थित डाङ्ग्रेखोल्सीको सरकारी जग्गा संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले त्यस ठाउँको सरकारी जग्गा व्यक्तिको नाममा उपयोग भएको भन्दै त्यस्ता जग्गाहरुको संरक्षणका लागि माग गरेका हुन् ।

    त्यसका लागि यहाँका स्थानीयवासीले डाङ्ग्रेखोल्सी संरक्षण सङ्घर्ष समिति गठन गरेका छन् ।

    ग्रिनसिटी टोलको तल सिरान नागकुवादेखि बुल्दीखोलासम्मको सरकारी जमिन व्यास नगरपालिकाको कार्यालय वडा नम्बर २ ले संरक्षण गर्ने क्रममा सचेत नगरवासीलाई छारो हाल्दै सो सरकारी जमिनसँग जोडिएका वरपरका जग्गाधनीलाई पहुँचका आधारमा सरकारी जग्गा निजहरुको व्यक्तिगत उपयोगका लागि छोडिएको ज्ञापनपत्रमा उल्लेख छ ।

    सो सरकारी जग्गा जे जति जस्तो अवस्थामा छ सोही अनुसार कायम गर्नका लागि स्थानीयवासीले बेनामी ज्ञापनपत्र बुझाएका हुन् । साथै सरकारी रकमको दुरुपयोग गरी व्यक्ति विशेषलाई सरकारी जग्गा बाँड्ने जनप्रतिनिधिलाई कारवाही अगाडी बढाउन समेत माग गरिएको छ ।