दमाैली । होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा गिरीबहादुर थापा सर्वसम्मत चयन भएका हुन् । सङ्घको दमौलीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा रामबहादुर आले, मिना श्रेष्ठ, सचिवमा थानबहादुर थापा, सहसचिवमा सङ्गीता उच्चै ठकुरी, कोषाध्यक्षमा रोशन बानियाँ र सहकोषाध्यक्षमा वीरबहादुर श्रेष्ठ चयन भएका छन् ।
सङ्घको सदस्यहरुमा विवेक सापकोटा, भिम सिंह, रवि भुजेल, दिपक राई, सेते तामाङ, गङ्गा ढकाल, धनमाया आले, आरती गुरुङ, टोपबहादुर खाती, सुभद्रा श्रेष्ठ चयन हुनुभएको निवर्तमान अध्यक्ष दुर्गाविलास भट्टराईले जानकारी दिए ।