दमाैली । तनहुँको व्यास नगरपालिका–१० परेवा डाँडामा शुक्रबार दिउँसो बस दुर्घटना १५ यात्रु घाइते भएका छन् । दमौलीबाट लमजुङको कुन्छा तर्फ जाँदै गरेको ना ६ ख ५४७९ नम्बरको बस अनियन्त्रित भई सडकबाट दश मिटर तल खस्दा बसमा सवार १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते हुनेहरुमा व्यास नगरपालिका–५ बस्ने २१ वर्षीया अन्जना थापा, व्यास नगरपालिका–१० बस्ने ४५ वर्षीया शान्ति सुनार, सोही ठाउँ बस्ने ३६ वर्षीया इन्द्रकला आचार्य, व्यास नगरपालिका–८ बस्ने ५५ वर्षीया सीता पौडेल, सोही ठाउँ बस्ने ४५ वर्षीया सावित्री पौडेल, पाँच वर्षीया युविषा पौडेल, व्यास नगरपालिका–११ बस्ने ५३ वर्षीय यमबहादुर गुरुङ, नवलपुरको बौदीकाली गाउँपालिका–९ बस्ने ५५ वर्षीय सन्तलाल रजवाल, कास्कीको रुपा गाउँपालिका–३ बस्ने २२ वर्षीया निशा खत्री भुजेल, सोही ठाउँ बस्ने दुई वर्षीया दिव्यान्सी भुजेल रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
त्यस्तै व्यास नगरपालिका–७ बस्ने ५४ वर्षीय अर्जुन थापा, व्यास नगरपालिका–१० बस्ने ४७ वर्षीया पार्वती विक, भानु नगरपालिका–११ बस्ने ६३ वर्षीय मिनबहादुर गुरुङ, व्यास नगरपालिका–९ बस्ने ४५ वर्षीय सुकबहादुर गुरुङ र लमजुङको मध्यनेपाल नगरपालिका–१ बस्ने १८ वर्षीय विकास थापा घाइते भएका छन् ।
घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।