पर्यटन प्रवर्द्धन गर्न मस्र्याङ्दीमा मोटरबोट चलाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पर्यटन प्रवर्द्धन गर्न मस्र्याङ्दीमा मोटरबोट चलाइने

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०८०, शनिबार

    दमाैली । तनहुँको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन गर्न तयारी थालिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ स्थित तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन सञ्चालन गर्न लागेको हो । गण्डकी प्रदेशको प्रवेशद्वारस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवद्र्धनका लागि यो काम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

    यसका लागि गाउँपालिकाले मोटरबोट तथा पर्यापर्यटन सञ्चालन तथा व्यवस्थापनका लागि बोलपत्र आह्वान गरिसकेको छ । उनले भने “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेलाई यस ठाउँमा रोक्न सकिन्छ ।” मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए ।

    उनले भने “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग यस विषयमा समन्वय गरेका छौँ । यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौँ ।”