दमौली । दलित अधिकारकर्मी तथा अगुवा रामलिला सुवर्णकारको निधन भएको छ । व्यास नगरपालिका-२ निवासी सुवर्णकारको मंगलबार राति निधन भएको हो ।
केही वर्षयता उनी अस्वस्थ रहँदै आएक थिए । नेकपा एमाले तनहुँका सदस्य, संयुक्त दलित उत्थान मञ्चका अध्यक्ष रहिसकेका उनी गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हुन् ।