तीन पत्रकारलाई बन्दीपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन पत्रकारलाई बन्दीपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०८०, बिहीबार

    दमौली । तनहुँको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको बन्दीपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट यस वर्ष तीन जना पत्रकार पुरस्कृत हुने भएका छन् ।

    उद्यमशीलताको विकासका लागि कलम चलाएर योगदान पु¥याएबापत तीन जना पत्रकारलाई यस विधाको पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार मूल्याङ्कन तथा सिफारिस समितिका प्रमुख तारानाथ उपाध्यायले जानकारी दिए ।

    केबलकार सहित बन्दीपुर क्षेत्रको उद्यम र पर्यटन क्षेत्रको प्रबद्र्धनमा सहयोग गरे बापत तनहुँ दमौलीबाट प्रकाशित दमौली एक्सप्रेस साप्ताहिक तथा ईबाराही डटकमकी सहसम्पादक सुनिता आचार्य, सेतोपाट डटकम प्रतिनिधि सविना कार्की र पर्वतका नेपाल समाचारपत्र प्रतिनिधि दुर्गाप्रसाद शर्मालाई बन्दीपुर केबलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने उपाध्यायले बताए ।

    उहाँहरुलाई बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको यही पुस २८ गते हुने वार्षिक साधारण सभाको अवसरमा जनही रु ५०÷५० हजार राशीको पुरस्कारबाट सम्मानित गरिने जनाइएको छ ।

    निर्माणाधीन बृहत् पर्यटन पूर्वाधारयुक्त रियोजनाले समाजमा उधमशिलता जागरणको लागि यस प्रकारको पुरस्कार मार्फत् सोही विधामा कलम चलाउन पत्रकारहरुलाई नियमित प्रोत्साहन गरिरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । यसअघि उक्त विधामा रु एक लाख राशीको पुरस्कारबाट राससकर्मी कृष्ण न्यौपाने पुरस्कृत भइसकेका छन् ।

    रु तीन अर्व ५८ करोड लगानी रहेको यस परियोजना आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यस परियोजनाले पत्रकारहरुका लागि विशेष सहुलियत कार्ड दिने घोषणा गरेको छ ।