ज्ञानेन्द्र शाहीले तनहुँ आएर भने : राम्रो काम गर्नेलाई फसाइहाल्ने प्रवृत्ति बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ज्ञानेन्द्र शाहीले तनहुँ आएर भने : राम्रो काम गर्नेलाई फसाइहाल्ने प्रवृत्ति बढ्यो

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०८०, बिहीबार

    दमौली । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राम्रो काम गर्नेलाई फसाइहाल्ने प्रवृत्ति बढेको बताएका छन् । तनहुँको आँबुखेरनीमा आज आयोजित कार्यक्रममा बोल्दै शाहीले राम्रो काम गर्नेलाई कसरी हुन्छ फसाउने परम्परा बढेको बताए ।

    उनले भने, “राम्रो काम गर्नेलाई फसाइहाल्ने प्रवृत्ति छ । न्यायाधीश, पुलिस र मिडियाको खरिद विक्री हुन्छ । मिडिया र पुलिसलाई पैसा ख्वाएर राम्रो काम गर्नेलाई थुनिहाल्ने प्रवृत्ति बढ्दो छ ।”

    शाहीले पत्रिकाले कसैलाई हिरो कसैलाई जिरो बनाउने काम गरिरहेको आरोप लगाए । उनले भने, “डलरवादीले पत्रिकालाई पैसा दिने र त्यो पत्रिका देशको लागि राम्रो काम गर्नेको खेदो खनेर लाग्ने गरेको छ । पत्रकारको आयस्रोत के हो ? गाडी राम्रो चढेका छन् ।
    पुलिस किन्ने, अख्तियार किन्ने र फसाइहाल्ने विकृति बढ्यो ।” शाहीले नेपालका न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

    बहुदलीय व्यवस्थाबाट देश विकास हुन्छ भन्ने पुष्टि हुन नसकेको बताउँदै शाहीले मुलुक झन् झन् डुब्ने अवस्थामा पुगेको बताए ।