दमौली । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको पुस्तक दमौलीमा मात्रै ४५० थान विक्री भएको छ । लियो क्लव अफ तनहुँको समन्वयमा दमौलीमा पुस्तक विक्रीको व्यवस्था मिलाएको थियो ।
व्यास नगरपालिकाले ५० थान पुस्तक खरिद गरेको छ । पुस्तक खरिदका लागि अनसन चौतारीमा सर्वसाधारणको भिड लागेको थियो ।
लियो क्लव अफ तनहुँका निवर्तमान अध्यक्ष सुदिप गफ्फारले क्लवले ४० थान पुस्तक खरिद गरेको र चाहिएमा सम्पर्क गर्न आग्रह गरे ।
पुनले वीरगञ्जस्थित कृषि औजार कम्पनी सञ्चालनका लागि रकम जुटाउने उद्धेश्यसहित पुस्तक विक्रीका लागि देश दौडाहा गरेका छन् ।