म्याग्देको अकलामा हाटबजार सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देको अकलामा हाटबजार सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १ माघ २०८०, सोमबार

    दमौली । म्याग्दे गाउँपालिका-६ अकलामा हाटबजार सञ्चालनमा आएको छ । अकला कृषि सहकारी संस्था र अकला सिकाई केन्द्रको सहकार्यमा हाटबजार सञ्चालनमा ल्याइएको हो ।

    कृषकले उत्पादन गरेका कृषिउपज सामग्री सहज रुपमा विक्रीको व्यवस्था मिलाउन हाटबजार सुरु गरिएको सहकारीका व्यवस्थापक नविन वाग्लेले जानकारी दिए ।

    हाटबजार प्रत्येक शनिबार सञ्चालन हुनेछ । हाटबजारले कृषकलाई सहज रुपमा कृषि सामग्री विक्री गर्न सहयोग पुग्ने सहकारीका अध्यक्ष केशवराज वाग्लेले बताए ।

    हाटबजारको वडाध्यक्ष हिरालाल गुरुङले शुभारम्भ गरेका थिए।