राजा महेन्द्रको टाउको राखेपछि राप्रपा तनहुँका अध्यक्ष घर्तीले भने – इतिहासको संरक्षण गर्नुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजा महेन्द्रको टाउको राखेपछि राप्रपा तनहुँका अध्यक्ष घर्तीले भने – इतिहासको संरक्षण गर्नुपर्छ

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०८०, बुधबार

    दमौली । व्यास नगरपालिका-३ प्रशासनचोकमा राजा महेन्द्रको टाउको राखेपछि राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले इतिहासको संरक्षण गर्नुपर्ने बताएका छन् ।

    बुधबार बिहान राजा महेन्द्रको टाउको राखेपछि खबरपुञ्जसँग कुरा गर्दै घर्तीले यसलाई राजनीतिक रुपमा हेर्न नहुने प्रतिक्रिया दिए । उनले भने, ‘यसलाई इतिहासको रुपमा हेर्नुपर्छ । इतिहासको संरक्षण गर्नुपर्छ भन्ने मान्यता सहित पुस २७ गते नै टाउको राख्ने तयारी भएपनि प्रहरीबाट अवरोध भयो ।’

    घर्तीले इतिहास मेटाएर नमेटिने भन्दै यसलाई राजनीतिक लाभको रुपमा हेर्न नहुने बताए । यसलाई राजनीतिक रुपमा नहेरी संरक्षणको अभियानमा लाग्न जिल्लावासीलाई उनले आग्रह गरे ।